Province 2 दोस्रो सुरुङ्गा मेयर गोल्डकप माघ दोस्रो सातादेखि
गोलनेपाल

सुरुङ्गा । रुरल वेलफेयर सेन्टर, सुरुङ्गा नगरपालिका–२, हर्दीया, सप्तरीको आयोजनामा दोस्रो सुरुङ्गा मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । माघ १४ गतेदेखि शुरु हुने प्रतियोगिताको आवश्यक तयारी भने शुरु गरिएको आयोजकले जानकारी दियो ।

सुरुङ्गा–२, हर्दीया स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

 

Post Comments