
काठमाडौं । एएफसी कपको प्रारम्भिक छनौट खेलतर्फ पहिलो राउण्डको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंका पुलिस एससी भिड्दै छन् । जुन खेल दशरथ रंगशालामा हुने यसअघि नै घोषणा भइसकेको छ ।
यसैबीच यहि चैत्र २५ गतेका दिन हुने सो खेलको टिकट मुल्य पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको छ । एन्फाका अनुसार आर्मी र श्रीलंका पुलिसबीच हुने सो खेलको टिकट मुल्य ३ सय र ५ सय तोकिएको छ ।
साथै दर्शकहरुले उक्त खेलको टिकटहरु रंगशालामा रहेको गेटबाट छिटै खरिद गर्न सकिने समेत जनाएको छ । त्यस्तै सो खेल शुरु हुने समय ५ः३० बजेदेखि रहेको पनि एन्फाले जनाएको छ ।
स्मरण रहोस, आर्मीले २५ चैत्रका दिन हुने खेलमा श्रीलंका पुलिसलाई हराउन सफल भए प्रारम्भिक छनौटको दोस्रो राउण्डमा चर्चित भारतीय क्लब बेंगलुरु एफसीसँग खेल्ने बताइएको छ ।
आर्मीका टिम व्यवस्थापक बिकास मल्लले श्रीलंका पुलिस राम्रो टिम रहेको र उनीहरुसँग बिदेशी खेलाडीहरु समेत रहेको चर्चा गर्दै आफूहरुको योजना दोस्रो चरणमा पुग्ने रहेको पनि स्पष्ट पारे ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय