Province 3 महिला फिफा वरियतामा तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली एक स्थान तल खस्किदै १०२औं स्थानमा पुगेको छ । फिफाले निकालेको सो ताजा वरियताका लागि नेपालले ११९६.७३ अंक प्राप्त गरेको छ ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । त्यस्तै दुई स्थान तल झरेको भारत ५८औं वरियतामा रहँदै दक्षिण एसियातर्फ शिर्ष स्थान मै यथावत छ । त्यसैगरी १४७औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

१५३औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौ. स्थानमा छ । त्यस्तै १७६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ ।

विश्व फुटबलको शिर्ष वरियतामा अमेरिका रहेको छ । दोस्रो स्थानमा जर्मनी रहँदा तेस्रो स्थानमा स्वीडेन रहेको छ ।

Post Comments