Province 3 वेल्समाथि इरानको सनसनी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आफ्नो पहिलो खेलमा दावेदार इङल्याण्डसँग ६–२ ले हारेर धर्मराएको इरानले फिफा विश्वकपतर्फ आफ्नो दोस्रो खेलमा सनसनीपूर्ण जित निकालेको छ ।

समूह बी मा रहेको इरानले शुक्रबार आफ्नो दोस्रो खेलमा दश खेलाडीमा खुम्चिएको वेल्स विरुद्ध २–० को सनसनीपुर्ण जित निकाल्यो र विश्वकपमा आफ्नो सम्भावनालाई यथावत राख्यो ।

खेलको ८६औं मिनटमा इरानी खेलाडीलाई डरलाग्दो फल गरेपछि वेल्सका गोलरक्षक वाइन हेनेसीले रातो कार्ड खाँदै मैदान छाडेका थिए । जसको फाईदा इरानले उठायो । इन्जुरी समयको ९०+८औं मिनटमा रुजबेह चेश्मीले पहिलो गोल गरे भने लगतै रमिन रजाइनले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

इरानले आफ्नो अन्तिम खेल आउँदो मंगलबार अमेरिकासँग खेल्नेछ भने सोही दिन वेल्सले समूहको बलियो टोलीका रुपमा हेरिएको छिमेकी राष्ट्र इङल्याण्डको सामना गर्नेछ ।

Post Comments