Province 3 एन्फाद्वारा कतार विश्वकप हेर्ने भाग्यशाली दर्शक घोषणा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेदेखि कतारमा शुरु हुन गईरहेको बहुप्रतिक्षित फिफा विश्वकप हेर्ने एक भाग्यशाली नेपाली दर्शकको घोषणा गरेको छ । एन्फाका अनुसार टिकट नम्बर ११२०० ले विश्वकप हेर्ने अवसर पाएको हो ।

एन्फाले बुधबार मात्र सम्पन्न नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हेर्न आउने एक जना भाग्यशाली दर्शकले कतार विश्वकपको समूह जी तर्फ ब्राजील र क्यामरुन बीच डिसेम्बर २ तारीखका दिन हुने खेल हेर्न पाउने घोषणा गरेको थियो ।

स्मरण रहोस, नेपाल र पाकिस्तान बीच दशरथ रंगशालामा भएको सो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो । सो खेलमा नेपालका लागि अन्जन बिष्टले एक मात्र निर्णायक गोल गरेका थिए ।

Post Comments