Province 3 नेपालकी सुजाता बनिन् उत्कृष्ट गोलरक्षक
गोलनेपाल

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ नेपालकी सुजाता तामाङ प्रतियोगिता कै उत्कृष्ट गोलरक्षक चुनिएकी छिन् । मंगलबार लिग चरणको अन्तिम खेलमा आयोजक बंगलादेशसँग नेपालले १–१ को बराबरी खेल्दा पनि सुजाताको प्रदर्शन प्रशंसनीय रह्यो ।

पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भए यता सुजाताले खेलमा क्रमशः सुधारिएको प्रदर्शन गर्दै आएकी थिईन् । भुटानलाई नेपालले ५–० ले हराउँदा सुजाताले क्लिन शिट हात पारिन् । त्यस्तै बलियो रसियासँग ३–० को हार बेहोर्दा पनि सुजाताको प्रदर्शन सन्तोषजनक रह्यो ।

प्रतियोगिताको अन्य विधातर्फ कुल ८ गोल गरेकी भारतकी शिल्जी शाजीले सर्वाधिक गोलकर्ताको पुरुस्कार जितिन् । भारतले फेयर प्ले अवार्ड पनि जित्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने च्याम्पियन रसियाकी एलेना गोलिक घोषित भईन ।

स्मरण रहोस, प्रतियोगिताभरि अपराजित रहेको रसियाले मंगलबार निर्णायक मानिएको खेलमा भारतलाई २–० ले हराउँदै शतप्रतिशत जितका साथ १२ अंक जोड्दै शिर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो । ७ अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा रह्यो भने ६ अंक जोडेको भारत तेस्रो तथा ४ अंक जोडेको नेपाल चौथो स्थानमा रह्यो । अंकविहीन भुटान भनेर पुछारमा रहेर प्रतियोगिता समापन गर्यो ।

Post Comments