
पोखरा । दक्षिण एसियाली खेलकुद(साग)मा पदक प्राप्त खेलाडीहरुको एक टोलीले यहाँ स्थित सहारा एकेडेमीको अवलोकन गरेको छ । पदकधारी खेलाडीहरुमा ओलम्पियन दीपक विष्ट, दीपक श्रेष्ठ र मण्डेकाजी महर्जन सहितको एक टोलीले सहारा एकेडेमीमै पुगेर एकेडेमीको अबस्थाबारे जानकारी लिएका हुन् ।
टोलीलाई एक कार्यक्रमका बीच सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, विरभद्र आचार्य लगायतको टोलीले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै पदकधारी खेलाडी विष्टले धेरै पटक एकेडेमीमा आउने प्रयास गर्दा बल्ल अवसर मिलेको बताउदै क्लवले आफुहरुले अपेक्षा भन्दा धेरै राम्रो ढंगले व्याबस्थापन गर्दै आएको बताए । पदकधारी अर्का खेलाडी श्रेष्ठले एकेडेमीमा सरकारको समेत सहयोग आवश्यक भएकोले यसमा सवैले पहल गर्नु पर्नेमा जोड दिए ।
सहारा क्लब, पोखराद्वारा सञ्चालित सहारा एकेडेमीमा १४ जिल्लाका कुल २४ जना वालकहरु आश्रित रहेका छन् । उनीहरुलाई निःशुल्क आवास, अध्ययन सहित फुटबल प्रशिक्षणको व्यवस्था पनि क्लबले मिलाएको छ ।
स्मरण रहोस, सहारा क्लबले वार्षिक रुपमा प्रतिष्ठित आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गर्दै समेत आइरहेको छ । साथै यस बर्ष प्रतियोगिताको १९औं संस्करण आउँदो चैत १७ गते २८ गतेसम्म हुँदैछ । जसका लागि क्लबले आवश्यक तयारी पनि सुरु गरेको छ । उक्त प्रतियोगिताको बचत रकम सहारा क्लवले एकेडेमीमा खर्चिदै आएको छ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने