
पोखरा । पोखरामा नेपालकै सर्वाधिक राशिको फुटसल प्रतियोगिता सम्पन्न गरेको राजन एण्ड ब्रदरहुडले मोफसलको परिचित सहारा एकेडेमीलाई फुटबल र ट्रयाकसुट सहयोग गरेको छ ।
प्रतियोगिता संयोजक आशिष क्षेत्रीको पहलमा राजन एण्ड ब्रदरहुडले शुक्रबार दोविल्ला स्थित सहारा एकेडेमीमै पुगेर १० थान फुटबल र २६ सेट ट्रयाकसुट सहयोग गरेको हो । सो सहयोग सामाग्री संयोजक श्रेत्रीले सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै क्षेत्रीले प्रतियोगिताबाट संकलित केही रकमबाट सहारा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गरेको बताए । उनले सहयोग मार्फत सहारा एकेडेमीसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले एकेडेमीका विद्यार्थीहरुको प्रगतीको कामना गर्दै आगामी दिनमा पनि सहयोग जुटाउने प्रतिबद्धता जनाए ।
त्यस्तै सोही अवसरमा सहारा क्लब पोखराकोतर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै अध्यक्ष थापाले राजन एण्ड ब्रदरहुडलाई धन्यवाद दिए । उनले राजन एण्ड ब्रदरहुडले जस्तै अन्य युवाहरु पनि सामाजिक कार्यमा लाग्नुपर्ने धारणा राखेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ, सहारा एकेडेमीका प्रशिक्षक विष्णु गुरुङ, अर्विन गुरुङ र ओम गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने