Province 4
मुख्यमन्त्री र मन्त्रीलाई बधाई दिन एन्फा अध्यक्ष शेर्पाको टोली पोखरामा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल (नेपाली) लाई भेट गरी बधाई सँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
अध्यक्ष कर्मा सँगै केन्द्रिय रत्न कुमार श्रेष्ठ, विजय घले, रुपेश अधिकारी लगायतको टोली बधाई दिन मुख्यमन्त्री कार्यालय पुगेको हो । भेटका अवसरमा प्रदेशको फुटबल विकासका लागि मुख्यमन्त्री सँग सामान्य कुराकानी भएको जनाइएको छ । अध्यक्ष शेर्पाले पोखरा रंगशालामा फल्ड् लाईट सँगै साइड स्क्रिन राख्न मुख्यमन्त्री संगै योजना आयोगका प्रमुखहरुलाई भेट गरि आग्रह गरिएको बताए ।
यसै विच अध्यक्ष शेर्पाको टोलीले प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे) सङ सामान्य भेट सँगै कुराकनी भएको मन्त्री गुरुङका सहयोगी रोनित गुरुङले बताए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने