Province 4 फाइनल प्ले अफमा शंखमुल
उमेश पुन

पोखरा । शंखमुल फुटसल जारी राष्ट्रिय फुटसल लिगको फाइनल प्ले अफमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर भिडन्तमा शंखमुखलले घरेलु टोली सबिन मेमोरियल एफसीलाई हराउँदै निर्णायक प्ले अफमा पुगेको हो ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा शंखमुलले सबिन मेमोरियलमाथि ३–२ को प्रतिस्र्धात्मक जित निकाल्यो । खेलमा शंखमुलका गोलरक्षक अनिष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

शंखमुलले अब फाइनल प्रवेशका लागि असोज २१ गते बिहीबार द राइजिङ क्लब, धरानसँग फाइनल प्ले अफ म्याच खेल्नेछ । विजयी हुने टोलीले फाइनलमा लिग उपाधिका लागि स्पोर्टस क्यासलको सामना गर्नेछ ।

Post Comments