Province 4 शंखमुल र स्पोर्टस क्यासल उपाधिका लागि भिड्ने
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनलमा शंखमुल फुटसल र घरेलु टोली स्पोर्टस क्यासल भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो निर्णायक प्ले अफ भिडन्तमा शंखमुलले द राइजिङ क्लब, धरानलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै स्पोर्टस क्यासलसँगको भेट पक्का गरेको हो ।

स्मरण रहोस, स्पोर्टस क्यासलले पहिलो प्ले अफ म्याचमा राइजिङ क्लबलाई नै हराएर फाइनलमा प्रवेश गरेको थियो । बिहीबार फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको राइजिङ क्लबले त्यसलाई दुर्भाग्यपुर्ण रुपमा फेरि पनि सदुपयोग गर्नबाट असफल भयो । खेलमा शंखमुलका मणि लामा म्यान अफ द म्याच घोषित भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले लिग उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । लिगमा सहभागि कुल १० मध्ये रुपन्देहीका दुई टोली लुम्बिनी फुटसल प्रा.लि. र झरना स्पोर्टस क्लब रेलिगेशनमा परिसकेका छन् ।

 

Post Comments