Province 4 स्व. केशरी मैया थापा र डम्बर बहादुर थापा रनिङ शिल्ड असोज पहिलो सातादेखि
गोलनेपाल

मध्यनेपाल । राक्सेकालिका युवा क्लबको आयोजनामा आगामी असोज ५ गतेदेखि स्व. केशरी मैया थापा र स्व. डम्बर बहादुर थापा स्मृति रनिङ शिल्ड सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

मध्यनेपाल नगरपालिका–१, जिता, चिण्डे स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजक क्लबका अध्यक्ष बाल कुमार श्रेष्ठले बताए । प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न आफुहरु लागिपरेको आयोजक क्लब श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित १ लाख ५१ हजार १५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ९१ हजार १९१ रुपैयाँ प्राप्त गर्नेछ । सान्त्वना पुरस्कार १० हजार रहेको छ भने व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments