
पोखरा । जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित कोपा टोरेरोस २०२३ युथ फुटबल प्रतियोगितामा यसपटक पनि नेपाली टोलीले सहभागिता जनाउने भएको छ । यु–१२ उमेर समूहका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा विश्वभरिका उत्कृष्ट युथ टिमहरुले सहभागिता जनाउने गर्छन् ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बसन्त गौचनले आफ्नै नेतृत्वमा यसअघि पनि नेपालका युवा खेलाडीहरुलाई छनौट गरी नेपाली टिम तयार पारेर जापान लैजाने गरेका थिए ।
यसपटक भने गौचनले नै सञ्चालन गरेको बसन्त गौचन फुटबल एकेडेमीले आफ्नो व्यवस्थापनमा युथ टोली तयार पारी जापान लैजाने भएको हो । त्यसका लागि एकेडेमीले यहि माघ १० देखि खुला छनौट कार्यक्रम पनि गर्ने भएको छ । छनौट कार्यक्रममा जनवरी १, २०११ पश्चात जन्मिएका युवा खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
पोखरा–२७, रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको आफ्नै मैदानमा हुने छनौट कार्यक्रमका लागि सम्बन्धित युथ खेलाडीहरुलाई आह्वान समेत गरिएको छ । छनौट कार्यक्रमको नेतृत्व भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफूलाई परिचित बनाईसकेका अनुभवी प्रशिक्षक राजेन्द्र तामाङले गर्नेछन् ।
(नोटः छनौट कार्यक्रमबारे बुझ्नका लागि माथि तस्विरमा उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।)
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने