Province 4 बिटी कपः बुधबारदेखि प्रिक्वाटरका खेलहरु हुने
गोलनेपाल
पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्यो । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १÷१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए ।

यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटीसिएल एफसीलाई एनएमसिवाईले १–० गोल अन्तरले हरायो । एनएमसिवाईको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे ।

तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभरमार्फत विजयी हाँसिल गर्याे ।

चौथो खेलमा घाचोकक्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा सागर एफसी प्रवेश गर्याे । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे ।

पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुँरास क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १÷१ गोलको योगदाद दिए भने नयाँगल्लीको लागि निश्चल गुरुङले सान्त्वना १ गोल फर्काए ।

छैटौं खेलमा उद्धब एफसीले टुडिखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो र उद्धबको जितमा सन्देश भुजेल र सबिन मगरले समान १÷१ गोलको योगदान दिए ।
सातौ खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित गर्याे । हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे ।

आज भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथी ५–० गोल अन्तरले जित निकाल्यो ।

खेल संयोजक गुरुङका अनुसार बुधबारदेखि प्रिक्वाटरका ८ खेल हुनेछन् ।आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।

प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
Post Comments