Province 4 प्रथम आदर्श कप इन्टर एसईई फुटबल हुँदै
गोलनेपाल

बाग्लुङ । आदर्श स्पोर्ट्स क्लबको आयोजनामा आउँदो जेठ १३ देखि १५ गतेसम्म प्रथम आदर्श कप इन्टर एसईई फुटबल प्रतियोगिता हुने भएको छ ।

बाग्लुङ स्थित बाङेचौर मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ११,१११/११,१११ प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

Post Comments