News
बाग्लुङमा आदर्श कप इन्टर एसइइ फुटबल प्रतियोगिता हुँदै

बागलुङ । आदर्श स्पोर्टस क्लब, बागलुङको आयोजनामा यही जेठ १५ देखि २१ गतेसम्म आदर्श कप इन्टर एसइइ छात्र तथा छात्रा फुटबल प्रतियोगिता हुने भएको छ ।
बागलुङ स्थित बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । जसअन्तर्गत छात्रतर्फ ७५०० र छात्रातर्फ ३००० टिमदर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको छात्रतर्फको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै छात्रातर्फको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
आदर्श विद्या मन्दिर, बागलुङको विशेष सहयोग रहने प्रतियोगिताको व्यक्तिगत विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments