Province 5 तिलोत्तमा भट्रानद्वारा बुटवल भेट्रान पराजित
सुरज राना मगर

सखुवानी । जागृति क्लब सखुवानी, तिलोत्तमा, रुपन्देहीको आयोजनामा आउँदै गरेको दशैं र तिराह पर्वको अवसर पारी सम्पन्न मैत्रीपूर्ण भेट्रान खेलमा तिलोत्तमा भेट्रान विजयी बनेको छ ।

तिलोत्तमा–१५, सखुनवानी स्थित मधवलिया माविको खेलमैदानमा भएको खेलमा तिलोत्तमा भेट्रानले बुटवल भेट्रानमाथि ४–३ को रोमाञ्चक जित हात पार्यो ।

तिलोत्तमा भेट्रानको जितमा निर्मल थापा, बिष्णु थापा, पदम राना र जहरसिंह रानाले गोल गरे । पराजित बुटवल भेट्रानका लागि तेजेन्द्र थापाले दुई गोल गर्दा थप एक गोल दिपक चौधरीले गरे

रोचक कुरा, खेलमा दुवै टोलीबाट एक–एक खेलाडी प्लेयर अफ द म्याच बने । तिलोत्तमा भेट्रानका पदम राना प्लेयर अफ द म्याच बन्दा बुटवल भेट्रानका तेजेन्द्र थापा प्लेयर अफ द म्याच बने ।

स्मरण रहोस, जागृति क्लब कै आयोजनामा जारी दोस्रो जागृति कपको फाइनल कार्तिक २ गते सोमबार हुँदैछ । उपाधिका लागि आयोजक जागृति क्लब सखुवानी, तिलोत्तमा र बुद्ध फुटबल क्लब, भैरहवा भिड्ने छन् ।

विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments