Province 5 रुपन्देहीमा लोक पुन निर्विरोध
सुरज राना मगर

 बुटवल । रुपन्देही जिल्ला फुटबल संघको यहि मिति २०७९ बैशाख ३ गते शनिबारका दिन बसेको साधारण सभा तथा अधिवेशनले लोक बहादुर पुनलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

सबै पदमा एकल उम्मेदवारी परेपछि लोक पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले जानकारी दिए ।

त्यस्तै संघको उपाध्यक्षमा सुधिर थापा, मुकेश कँुवर, बुद्घि बहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा दिपेश गुरुङ, संजय कार्की, प्रेम राना, दिपक गुरुङ, सोम बहादुर विक, वसन्त श्रेष्ठ, मनमोहनलाल गुभाजु, शंकर मल्लाह, ललित तिरुवा, पदम थापा र महिला सदस्यमा मोतिकला गुरुङ सर्वसम्मत चयन भएका हुन् ।

स्मरण रहोस, रुपन्देही जिल्ला फुटबल संघले निर्वाचन सम्पन्न गर्न नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा खिमानन्द भट्टराई र स्वस्तिक श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

अधिवेशनमा केन्द्रीय पर्यवेक्षकको रुपमा एन्फाका केन्द्रीय सदस्य एवं लिग कमिटिका निर्देशक संजीव मिश्र, रुपन्देही जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) लगायतका पनिे उपस्थिति रहेको थियो ।

Post Comments