Province 5 बाँकेमा फेरि शाही कै नेतृत्व
गोलनेपाल

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको अध्यक्षमा फेरि भोजराज शाही निर्वाचित भएका छन् । भर्खरै सम्पन्न संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्लाका १२ वटा क्लवमध्ये ११ वटा क्लवले मतदानमा भाग लिएका थिए । धम्बोझी क्लवले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन । ११ वटा क्लवमध्ये शाहीले नौ मत ल्याएका थिए । अध्यक्ष पदका अर्का प्रत्याशी रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि गौतमले दुई मत ल्याए ।

त्यस्तै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएका छन् ।

साधारण सभा तथा निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत थापाको उपस्थिति रहेको थियो । साधारण सभाको प्रमुख अतिथि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह रहेका थिए । फेरि निर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने बताए ।

Post Comments