Province 5 आयोजक बुद्ध स्पोर्टसको जितमा मोहनको ह्याट्रिक
सुरज राना मगर

भलुही । सहज जितका साथ आयोजक बुद्ध स्पोर्टस क्लब (हरियो) जारी प्रथम वार्ड अध्यक्ष कपको अघिल्ले चरणमा प्रवेश गरेको छ । भलुही–१० स्थित बयरडाँडा खेलमैदानमा भएको खेलमा आयोजक बुद्ध स्पोर्टसले भैरव एफसी, सितलनगरमाथि ५–२ को प्रभावशाली जित निकाल्यो ।

आयोजकको जितमा मोहन थापा मगरले ह्याट्रिक गरे भने जितेश गुरुङ्ग र अमित क्षेत्रीले थप एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका आयोजक बुद्ध स्पोर्टसका मोहन थापा मगर म्यान अफ द म्याच समेत चुनिए ।

बुद्ध स्पोर्टस क्लब, देवदह–१०, भलुहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक केशव पराजुलीले बताए ।

कुल २८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने जेठ १६ गतेका दिन हुने पनि खेल संयोजक पराजुलीले जानकारी दिए ।

Post Comments