Province 5 आयोजक डिवाइसी (ए) र चरङे सेमिफाइनलमा
सुरज राना मगर

सियारी । आयोजक डिवाइसी (ए) र चरङे फुटबल क्लब यहाँ जारी प्रथम डिवाइसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

सियारी–१ स्थित कोटहीमाई खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ डिवाइसीले ओमसतिया एफसीलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यस्तै अर्को क्वाटरफाइनलमा चरङेले इन्टर स्पोर्टसलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

बुधबार भएका दुई खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत जेठ ११ गते बिहीबार हुने पहिलो सेमिफाइनलमा डिवाइसी (ए) र लुम्बिनी ज्ञानज्योति भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा चरङे एफसी र न्यू राईज क्लब भिड्ने खेल संयोजक सुबिन बिकले जानकारी दिए ।

दुर्गा युवा क्लब, सियारी–१, कोटहीमाईको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही जेठ १३ गतेका दिन हुनेछ ।

Post Comments