Province 7 एपिएफलाई स्तब्ध पार्दै पुलिस बन्यो च्याम्पियन
गोलनेपाल

धनगढी । प्रथम मुख्यमन्त्री बिवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा पुलिसले दावेदार मानिएको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

धनगढी रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा पुलिसका लागि अन्तिमतिर इन्जुरी समयमा निर्मला बिकले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक बन्यो ।

विजेता बनेको पुलिसले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेता एपिएफले २ लाख ५० हजारमा चित्त बुझाएको छ । वनदेवी युवा क्लब, कैलालीको आयोजना तथा सुदुरपश्चिम खेलकुद परिषद्को प्रवद्र्धनमा गत वैशाख ३ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments