Province 7 चौथो सुदुरपश्चिम राजधानी कप शनिबारदेखि (खेलतालिकासहित)
गोलनेपाल

धनगढी । पिएफए स्पोर्टस क्लब, गोदावरी–२, अत्तरिया, कैलालीको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको सुदुरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो संस्करण यहि असोज ८ गते शनिबारदेखि शुरु हुने भएको छ ।

‘हाम्रो गौरव सुदुरपश्चिम राजधानी कप’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । धनगढी रंगशालामा हुने प्रतियोगितामा आयोजकको दुई टोली गरि नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने सातै प्रदेशको फुटबल टोलीहरुको सहभागिता रहनेछ ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments