South Asia
माल्दिभ्सको यु–२३ टोली पनि बहराईन प्रस्थान

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि बहराईन प्रस्थान गरेको छ । छनौट प्रतियोगिता खेल्नु अघि माल्दिभ्सले बन्द प्रशिक्षणमा पनि थाल्ने माल्दिभ्स एफएले जनाएको छ ।
छनौट प्रतियोगिताको समूह सी मा परेको माल्दिभ्सले बलियो इराक, आयोजक बहराईन र अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ । माल्दिभ्सले पहिलो खेल २५ अक्टुबरका दिन इराकसँग खेल्नेछ भने २८ अक्टुबरका दिन बहराईनसँग खेल्नेछ । त्यस्तै ३१ अक्टुबरका दिन अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।
समूही सी का सबै खेलहरु बहराईनी शहर अरद स्थित अल मुहरक स्टेडियममा हुनेछन् । समूहको शिर्ष टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय