South Asia श्रीलंकाले पायो स्कटिस प्रशिक्षक मोरिसन
गोलनेपाल

काठमाडौं । चरम आर्थिक संकट भोगीरहेको श्रीलंकाले खेलकुदमा भने आफुलाई निरन्तर व्यस्त राख्ने प्रयास जारी राखेको छ । फुटबलमा विस्तारै अगाडी बढ्ने जमर्को गरिरहेको श्रीलंकाले अनुभवी स्कटिस प्रशिक्षक एन्डी मोरिसनलाई पाएको छ ।

५१ वर्षिय मोरिसनले पूर्व बोस्नियन–अष्ट्रेलियन प्रशिक्षक अमिर अलेजिकको स्थान लिने छन् । गत वर्षसम्म वेल्स क्लब कोनाज काय नोमाड्स एफसीको जिम्मेवारी सम्हालेका मोरिसनले अब श्रीलंकन फुटबललाई अगाडी डोर्योउने छन् । वेल्समा रहँदा उनले प्रशिक्षकका रुपमा चर्चित वेल्स कप पनि जितेका थिए ।

खेलाडीका रुपमा म्यानचेष्टर सिटी, क्रिस्टल प्यालेस, हुडर्सफिल्ड टाउन, शेफिल्ड युनाइटेड जस्ता चर्चित इङलिस क्लबबाट खेलिसकेका मोरिसनले श्रीलंकन फुटबललाई नयाँ उचाईमा पुर्याउने धेरैले विश्वास लिएका छन् ।

फुटबल श्रीलंकाका अनुसार कतारको खेलक्षेत्रमा आफूलाई परिचित बनाइसकेको चर्चित एस्पाइर फाउण्डेशनको विशेष सहयोगमा मोरिसन श्रीलंका आइपुगेका हुन् । त्यस्तै श्रीलंकाको सहायक प्रशिक्षक अष्ट्रेलियन म्यानेजर किथ स्टिभन्स नियुक्त भएका छन् । उनले अन र अफसाईड फिल्डमा मोरिसनलाई सघाउने छन् ।

 

Post Comments