South Asia भारत लगातार दोस्रोपटक साफ यु–२० च्याम्पियन
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन तथा आयोजक भारत लगातार दोस्रोपटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । शुक्रबार सम्पन्न फाइनल भिडन्तमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ ले हराउँदै उपाधि चुम्न र रक्षा गर्न सफल भएको हो ।

भुवनेश्वर स्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा भने भारत हावी बन्यो । र, नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै भारतले बंगलादेशसँग लिग चरणमा बेहोरेको हारको बदला पनि लिएको छ । स्मरण रहोस, भारतले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सुस्त शुरुवात गर्ने क्रममा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । त्यसपछि उत्कृष्ट लयमा फर्किएको भारत लगातार तीन जित निकाल्दै फाइनलमा पुग्न सफल भएको थियो ।

Post Comments