South Asia
साबित्राले ह्याट्रिक गर्दा गोकुलमको फराकिलो जित

काठमाडौं । चोटपछि लामो समयपश्चात सक्रिय फुटबलमा फर्किएकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले भारतमा गोकुलम केरला एफसीका लागि शानदार प्रदर्शन गरेकी छिन् ।
केरला वुमन्स लिगतर्फ बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा गोकुलम केरलाले केरला युनाइटेडमाथि ११–० को फराकिलो जित निकाल्दा साबित्राको नाममा पाँच गोल रह्यो । साथै उनले दुई गोलका लागि अवसर पनि मिलाइदिएकी थिईन् ।
गोकुलमका लागि थप दुई गोल सन्ध्याले गरीन भने कप्तान कश्मिना, रेश्मा, विभियन र हरमिलनको नाममा एक–एक गोल रह्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि साबित्राले पूरा समय भने खेल्न पाईनन् । खेलको ६०औं मिनटमा साबित्रा मैदान बाहिरिएकी थिईन् ।
स्मरण रहोस, एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्ने तयारीमा समेत रहेको गोकुलम केरला एफसी जारी केरवा वुमन्स लिगको डिफेन्डिङ च्याम्पियन पनि हो ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने