South Asia साफ तयारीका लागि जापान जाँदै माल्दिभ्स
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपको तयारीमा व्यस्त पूर्व विजेता माल्दिभ्स थप अभ्यास र तयारीका लागि जापान जाने भएको छ । यसबारे माल्दिभ्स फुटबल फेडरेशनले पनि जानकारी गराएको छ ।

हाल घरेलु मैदान मै प्रशिक्षणमा व्यस्त माल्दिभ्स केही दिन मै जापानतर्फ उड्ने बताइएको छ । जापान बसाईका क्रममा माल्दिभ्सले प्रशिक्षणसँगै मैत्रीपूर्ण अभ्यास खेल खेल्ने सम्भावना पनि छ । यद्यपि यसबारे विस्तृत रुपमा खुलाइएको छैन ।

स्मरण रहोस, यही जुन २१ देखि ४ जुलाईसम्म भारतको बैंगलोरमा हुने साफ च्याम्पियनसितर्फ माल्दिभ्स समूह बी मा रहेको छ । जहाँ उसले बलियो लेबनानसँगै बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भने आयोजक भारतसँगै नेपाल, कुवेत र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments