South Asia
डुराण्ड कप: त्रिभुवन आर्मीको खराब शुरुवात
काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३३औं डुराण्ड कपको समूह एफमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
शिलोङ स्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा आर्मीले घरेलु टोली शिलोङ लाजोङ एफसीसँग शुन्यका विरुद्ध १ गोलको हार बेहोरेको हो । शिलोङको जितमा वादजिद रिन्खेमले एक मात्र निर्णायक गोल गरे ।
आर्मीले समूह चरणको दोस्रो खेलमा अगस्त ८ तारीखका दिन एफसी गोवासँग खेल्नेछ । त्यस्तै शिलोङले भने अगस्त १० तारीखका दिन हैदराबाद सिटीसँग खेल्ने कार्यक्रम छ ।
Post Comments