
काठमाडौं । घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मै हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी प्रतियोगिताको फाइनल खेलस्थल र समयबारे जानकारी गराएको हो । एन्फाका अनुसार फाइनल खेल भने २ः३० बजेदेखि शुरु हुनेछ ।
यसअघि एन्फाले प्रतियोगिताको समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा र सेमिफाइनल, फाइनल खेलहरु दशरथ रंगशालामा हुने जानकारी दिएको थियो । यद्यपि दशरथ रंगशालाको मैदान व्यवस्थापन लगायतका अन्य कामहरु भईरहेको र वर्षा पनि हुने भएकोले फाइनल खेल एन्फा कम्प्लेक्स मै खेलाइने एन्फाले जनाएको छ ।
स्मरण रहोस, बुधबार हुने फाइनलमा आयोजक नेपाल र गत संस्करणको उपविजेता बंगलादेश उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा नेपालले भुटानमाथि संघर्षपुर्ण जित निकालेको थियो भने बंगलादेशले साविक विजेता भारतलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय