South Asia
भुटानको शिर्ष लिगमा आशिषको ह्याट्रिक
काठमाडौं । भुटानको शिर्ष फुटबल लिग भुटान प्रिमियर लिगमा फुङसोलिङ हिरोजका लागि खेलिरहेका नेपालका उदाउँदा फरवार्ड आशिष चापागाईंले लिगमा ह्याट्रिक गरेका छन् ।
नेपाल कै युवा प्रशिक्षक सुमन श्रेष्ठको प्रशिक्षकीय नेतृत्वमा रहेको फुङसोलिङले दागा युनाइटेड एफसी विरुद्ध ७–४ को जित निकालेको खेलमा आशिषले ह्याट्रिक गरेका हुन् । ह्याट्रिक गरेका आशिष नै खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।
फुङसोलिङका लागि आशिष बाहेक लाक्पा तामाङले दुई गोल गरे भने थप एक दिनेश गुरुङले गरे । यो नतिजापछि १६ खेलबाट १५ अंक मात्र जोडेको फुङसोलिङ लिगतालिकाको आठौं स्थानमा छ । पराजित दागा भने ४ अंकका साथ पुछारमा छ । शिर्ष स्थानमा भने ३७ अंकका साथ पारो एफसी रहेको छ ।
Post Comments