South Asia
साफ यु–१७ च्याम्पियनसिपः भारत र बंंगलादेश सेमिफाइनलमा

काठमाडौं । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ गत संस्करणका दुई फाइनलिस्ट साविक विजेता भारत र उपविजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार समूह ए तर्फको अन्तिम खेलमा भारतले लगातार दोस्रो जित दर्ता गरेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० ले हरायो ।
भारतले यसअघि बंगलादेशलाई १–० ले हराएको थियो । उता माल्दिभ्सले भने बंगलादेशसँग १–१ को बराबरी खेलेका थिए । २ खेलबाट ६ अंक जोडेको भारत समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै समान १–१ अंक भए तापनि गोलभिन्नताका आधारमा बंगलादेश दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो । माल्दिभ्स भने पुछारमा रहँदै बाहिरिएको छ ।
Pic: SAFF
Post Comments
Related News
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने