
काठमाडौं । दक्षिण एसियाली महिला फुटबलको महाभिडन्त प्रतिष्ठत साफ महिला च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फ दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने छन् ।
पाँचपल्टको विजेता भारत यसपटक पनि उपाधिको बलियो प्रत्याशीका रुपमा उभिएको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । यी दुई टोली अन्तिमपटक गत संस्करणको साफ महिला च्याम्पियनसिप मै भिडेका थिए । त्यतिबेला भारतले पाकिस्तानमाथि ३–० को जित निकालेको थियो ।
समूह ए मा भारत र पाकिस्तान बाहेक साविक विजेता बंगलादेश पनि रहेको छ । समूह बी मा भने आयोजक नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स रहेका छन् । लिग चरणको खेल पश्चात प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खल्ती वालेटबाट टिकट खरिद गर्न सकिने
त्यस्तै दर्शकहरुले टिकट डिजिटल वालेट खल्तीमार्फत पनि खरिद गर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार समूह चरणतर्फ टिकट मुल्य साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० तोकिएको छ । त्यस्तै नकआउट चरणको खेलहरुमा टिकट मुल्य साधारणतर्फ ५०० र भिआइपीतर्फ १००० तोकिएको छ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने