
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ तेस्रो चरणको छनौट प्रतियोगितामा शुरुवातबाटै मिश्रित प्रदर्शन गरिरहेको एसियन पावर हाउस जापानले मंगलबार महत्वपुर्ण जित हात पारेको छ ।
तेस्रो चरणतर्फ समूह बी मा रहेको जापानले लगातार तीन खेल जितेको ग्रुप लिडर अष्ट्रेलियालाई २–१ ले हराउँदै छनौट प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो भने अष्ट्रेलियाको शतप्रतिशत जितको यात्रामा पनि बाधक बन्यो ।
घरेलु मैदान साइतामा स्टेडियममा भएको खेलमा जापानका लागि आत्मघाती गोल निर्णायक बन्यो । खेलको आठौं मिनटमा आओ तानकाको गोलबाट शुरुवाती अग्रता लिएको जापानले त्यसलाई पहिलो हाफसम्म मात्र कायम राख्यो ।
दोस्रो हाफतर्फ ७०औं मिनटमा अजडिन रस्टिकले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछि खेल बराबरीतर्फ नै लम्किने संकेत देखाईरहेका बेला ८५औं मिनटमा अजिज बेहिचले आत्मघाती गोल गर्न पुगेपछि अष्ट्रेलिया अन्तिम समयमा निराश बन्न पुग्यो ।
हारका बावजुद ४ खेलबाट ९ अंक जोडेको अष्ट्रेलिया समूह बी को शिर्ष स्थान मै छ । एक खेल कम खेल्दै ९ अंक जोडेको साउदी अरब दोस्रो स्थानमा छ । र मंगलबार नै चीनसँग खेल्दैछ । चीनलाई हराए साउदी शिर्ष स्थानमा उक्लिनेछ ।
त्यस्तै महत्वपूर्ण जित हात पारेको जापान भने ४ खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ । ३–३ अंक जोडेका ओमान र चीन चौथो र पाँचौं स्थानमा रहँदा अंकविहीन भियतनाम पुछारमा छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय