
काठमाडौं । सोमबारदेखि शुरु हुन गईरहेको एएफसी यु–२३ एसियन कप छनौटका लागि नेपाली फुटबल टोली तयार रहेको टोलीका कप्तान अर्पन कार्कीले बताएका छन् ।
छनौट प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार दावेदार र एसियन पावर हाउस इरानसँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्दैछ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान कार्कीले नेपाली टिमले राम्रो तयारी गरेको र छनौट प्रतियोगितामा पनि राम्रो नतिजा ल्याउने बताए ।
कार्की भन्छन्, “हामीले राम्रो गरिरहेका छौं । अभ्यास सत्र पनि राम्रो भईरहेको छ । इण्डोनेसिया विरुद्धको मैत्रीपुर्ण खेलले हामीलाई केही कमी कमजोरीहरु सुधार्ने मौका पनि मिल्यो । हामी राम्रो नतिजा ल्याउन र विपक्षीलाई कडा चुनौति दिन तयार छौं ।”
ताजिकिस्तानमा हुँदैछ नेपालको खेल
छनौट प्रतियोगिता अन्तरगत समूह बी का खेलहरु ताजिकिस्तानमा हुँदैछन् । दुशान्बे स्थित पामिर स्टेडियममा हुने प्रतियोगिता अन्तरगत नेपालले इरान पछि आयोजक ताजिकिस्तानसँग अक्टुबर २८ तारखिका दिन खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलका रुपमा ३१ अक्टुबरका दिन नेपालले लेबनानको सामना गर्नेछ ।
स्मरण रहोस, छनौट प्रतियोगितामा भिड्नु अघि नेपालले शुक्रबार मात्रै इण्डोनेसियाको यु–२३ फुटबल टोलीसँग मैत्रीपुर्ण अभ्यास म्याच खेलेको थियो । जुन खेलमा नेपालले ०–२ को हार बेहोर्न पुगेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय