
काठमाडौं । विश्व फुटबलको नियमनकारी निका फिफाले निकालेको पुरुषतर्फको ताजा वरियतामा नेपालको स्थानमा भारी गिरावट आएको छ । एएफसी एसियन कप छनौट खेल्नु अघि १६८औं स्थानमा रहेको नेपाल जुन महिनाको ताजा वरियतामा १७६औं स्थानमा खस्किएको छ ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा यथावत छ । उता वरियता सुधार गर्दै १०४औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । त्यस्तै १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ ।
१९२औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९६औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०७औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ पुछारमा छ ।
एसियातर्फ इरान, विश्वव्यापी रुपमा ब्राजील अगाडी
त्यसैगरी एसियातर्फ २३औं वरियतामा रहेको इरान शिर्ष स्थानमा छ । २४औं स्थानमा रहेको जापान एसियातर्फ दोस्रो स्थानमा रहँदा २८औं स्थानमा रहेको दक्षिण कोरिया एसियातर्फ तेस्रो स्थानमा छ ।
विश्वको शिर्ष वरियतामा भने दक्षिण अमेरिकी महारथी ब्राजील छ । जहाँ दोस्रो स्थानमा बेल्जियम छ भने तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय