
काठमाडौं (एजेन्सी) । जारी प्रतिष्ठित एएफसी एसियन कपको समूह बी बाट अष्ट्रेलिया, उज्वेकिस्तान र सिरिया गरी तीन टोलीहरु नकआउट चरणमा प्रवेश गरेका छन् । समूह बी तर्फ मंगलबार भएका अन्तिम दुई खेलहरुको नतिजा पश्चात् तीन टोलीहरु नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा अष्ट्रेलिया र उज्वेकिस्तानले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सिरियाले भारतमाथि १–० को साँघुरो र महत्वपूर्ण जित हात पार्यो । यो नतिजापछि तीन खेलबाट ७ अंक जोडेको अष्ट्रेलिया समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो ।
पाँच अंक जोडेको उज्वेकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्दा ४ अंकका साथ तेस्रो स्थानमा रहेको सिरियाले उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा स्थान बनायो । एसियन कपको पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको सिरियाका लागि यो ऐतिहासिक उपलब्धी पनि हो ।
त्यस्तै अंकविहीन पुछारमा रहेको भारत भने समूह चरणबाटै बाहिरियो । भारतले खेलेको तीन खेलमा विपक्षी विरुद्ध एउटै गोल नगरी पराजित हुन पुग्यो । यद्यपि विपक्षी विरुद्ध भारतको प्रदर्शन र चुनौति भने तुलनात्मक रुपमा राम्रो रह्यो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय