श्री भगवतीको ऐतिहासिक उडान, अब शिर्ष डिभिजन लिग खेल्ने
गोलनेपाल

काठमाडौं । श्री भगवती क्लबले ऐतिहासिक उपलब्धी हासिल गर्ने क्रममा मंगलबार महत्वपूर्ण जितका साथ घरेलु फुटबल टोलीको शिर्ष लिग ए डिभिजन लिगमा उक्लिएको छ ।

ब्वाईज युनियन क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै श्री भगवती पहिलोपटक शिर्ष डिभिजनमा उक्लिएको हो । यो जिसँगै १२ खेलबाट २६ अंक जोडेको श्री भगवती दोस्रो स्थानमा रहन सफल भयो । पराजित ब्वाईज युनियन भने १९ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

ए डिभिजन लिगमा बढुवा हुने श्री भगवती दोस्रो टोली समेत हो । यसअघि प्लानिङ ब्वाईज युनाइटेडले पनि ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै जारी बी डिभिजन लिगबाट टुसाल युथ क्लब र नयाँ वस्ती युथ क्लब रेलिगेशनमा पर्दै सी डिभिजन लिगमा घटुवा भएका छन् ।

 

 

Post Comments