ANFA झुम्का च्यालेञ्ज कपः धरान स्र्पोटिङ सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । झुम्का फुटबल क्लब, रामधुनी, सुनसरीको आयोजनामा शुरु प्रथम झुम्का च्यालेञ्ज कपतर्फ धरान स्र्पोटिङ क्लब विजयी शुरुवातका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनलतर्फ धरान स्र्पोटिङले एपिएफ, पकलीलाई ३–२ को रोमाञ्चक अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

धरान स्र्पोटिङको जितमा एन्चो लिम्बुले दुई गोल गर्दा थप एक गोल बिबेक राईले गरे । उता पराजित एपिएफका लागि मन्दिप राई र सुनिल खड्काले गोल गरेका थिए ।

खेलमा धरान स्र्पोटिङका लागि महत्वपूर्ण दुई गोल गरेका एन्चो लिम्बु प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भाद्र ८ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब र आयोजक झुम्का फुटबल क्लबबीच हुनेछ ।

यही भाद्र १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments