देवदह ब्वाइजमाथि गोर्खा ब्वाइजको फराकिलो जित
गोलनेपाल

तिलाेतम्मा । ३८औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टिङ क्लबले शानदार जित निकालेको छ। आज भएको एकपक्षीय खेलमा गोर्खा ब्वाइजले देवदह ब्वाइजलाई ९-१ को भारी गोल अन्तरले पराजित गरेको हो।

गोर्खा ब्वाइजको उत्साहजनक जितमा स्ट्राइकर विक्की चाम्लिङ राई नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि व्यक्तिगत ६ गोल योगदान गरे। खेलभरि देवदहको डिफेन्सलाई व्यस्त राखेका विक्की खेलको 'म्यान अफ द म्याच' समेत घोषित भए।

गोर्खा ब्वाइजका लागि थप गोलहरू देव गुरुङ र बसन्त कुमारले १-१ गोल गरे। खेलको एक गोल भने देवदह ब्वाइजका डिफेन्डर विमल थापाको खुट्टाबाट आत्मघाती गोलका रूपमा गोर्खा ब्वाइजको खातामा जोडिएको थियो।

यता, खेलमा निकै दबाबमा परेको देवदह ब्वाइजका लागि सान्त्वना गोल सुन्दर बगालेले गरे। सुरुदेखि नै आक्रामक रणनीति अपनाएको गोर्खा ब्वाइजसामु देवदहका खेलाडीहरू क्रिजमा टिक्न सकेनन्।

Post Comments