ANFA गोल्डेन स्टार फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश
गोलनेपाल

तालतलैया । चौथो दिनको प्रीक्वाटरफाइनल खेलमा सिमरा वन फुटबल क्लबलाई २-१ गोलले हराउँदै गोल्डेन स्टार पाँचौं मनसुन कपको क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ।

गोल्डेन स्टार फुटबल क्लबको तर्फबाट पहिलो गोल भने रकी चौधरीले गरेका थिए। दोस्रो गोल भने निशान चौधरीले गरेका थिए। र त्यस्तै सिमरन वन फुटबल क्लबको तर्फबाट १ गोल रोमन क्षेत्रीले गरेका थिए। खेलको म्यान अफ द म्याच भने बगवालाल घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज २९ गते बिहीबार सिद्धार्थ युथ समाज क्लब र सिएचएफए क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तैगरी गोल्डेन स्टार फुटबल क्लबले शान्तिनगर ब्लु सँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments