ANFA च्यासलमा पुगे डिफेन्डर बिराज
गोलनेपाल

काठमाडौं । गत सिजन जापानिज खेलाडीहरुलाई भित्राएर चर्चा बटुले तापनि खासै सफलता हासिल गर्न नसकेको च्यासल युथ क्लबले नेपालका पूर्व कप्तान बिराज महर्जनलाई अनुवन्ध गरेको छ ।

च्यासलले मंगलबार एक कार्यक्रमको आयोजना गरि बिराजलाई अनुवन्ध गरेको कुरा घोषणा गरेको हो । गत सिजन मच्छिन्द्रका लागि खेल्दै लिग च्याम्पियन बनेका बिराजले त्यसअघि मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दा पनि लिग उपाधि जितेका थिए ।

क्लबको योजना र फुटबलको भावी विकासप्रतिको बुझाई कै कारण आफूले च्यासललाई रोजेको बिराजले बताए । च्यासलले यसै सिजनका लागि अर्का स्टार डिफेन्डर कमल श्रेष्ठलाई पनि अनुवन्ध गरिसकेको छ । बिराज र कमलले यसअघि मनाङबाट सँगै व्यवसायीक फुटबल समेत खेलेका थिए ।

स्मरण रहोस, हालै अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका बिराज नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । बिराजले नेपालका लागि कुल ७३ म्याच खेलेका थिए ।

यद्यपि उनको त्यो उपलब्धीलाई हालै मात्र नेपालका वर्तमान कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उछिनेका थिए । किरणले घरमै भएको भारत विरुद्धको दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्दै बिराजलाई पछि पारेका थिए ।

 

Post Comments