ANFA फेरि थ्रीस्टारसँग जोडिए रबिन्द्र
गोलनेपाल

काठमाडौं । चर्चित रुस्लान थ्रीस्टार क्लबले आफ्नो प्रशिक्षकमा फेरि रबिन्द्र सिलाकारलाई नियुक्त गरेको छ । क्लबले उनलाई बिहीबार आधिकारिक रुपमा नियुक्त गरेको हो ।

साथै रबिन्द्र र क्लबबीच सन् २०२३ सम्मको सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । त्यति मात्र नभएर त्यो सम्झौता अवधि थप गर्ने विकल्प पनि रहेको क्लबले जनाएको छ ।

स्मरण रहोस, रबिन्द्र यसअघि सन् २०१६ मा थ्रीस्टारमा आवद्ध भएका थिए । त्यतिबेला उनी क्लबसँगै एएफसी एसियन कप छनौटका लागि मंगोलिया समेत गएका थिए । रबिन्द्रले अब क्लबका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठसँग मिलेर जिम्मेवारी सम्हाल्ने छन् ।

थ्रीस्टारले जारी ए डिभिजन लिगतर्फ पहिलो चरणको खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । त्यस्तै शुक्रबारदेखि शुरु हुन गईरहेको दोस्रो चरणको खेलमा थ्रीस्टारले शुक्रबार नै पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग भिड्ने तय भएको छ ।

Post Comments