ANFA पुलिसको लय जारी, खतरामा खुमलटार, थ्रीस्टार पनि दबाबमा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरुमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा पुलिसले पुछारमा संघर्षरत टोली एफसी खुमलटारमाथि २–० को जित निकाल्यो ।

सिजनको आठौं जित निकाल्ने क्रममा पुलिसका लागि ७५औं मिनटमा अनुभवी फरवार्ड भरत शाहले पहिलो गोल गरे भने ८७औं मिनटमा मोहमद आशिकले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे । यो जितपछि २१ खेलबाट २८ अंक जोडेको पुलिस लिगतालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार भने २१ अंकका साथ पुछारमा छ र टोलीमाथि रेलिगेशनको दबाब थप थपिएको छ ।

दशरथ रंगशाला मै बेलुका भएको दोस्रो खेलमा शेर्पाले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्यो । पछिल्ला खेलहरुमा लय गुमाएको थ्रीस्टारको यो सिजनको सातौं हार समेत हो । शेर्पाका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा निशान लिम्बुले गरेको एक मात्र गोल टोलीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि २१ खेलबाट २९ अंक जोडेको शेर्पा लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ । पराजित थ्रीस्टार भने २६ अंकका साथ नवौं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली संकटा क्लबभन्दा तीअ अंकले मात्र माथी छ ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ftheanfaofficial%2Fposts%2Fpfbid02mwTPQGUmSQfes7Tju4WPiC6UBSzYWNuK7iM6b4TuDw2BCobuj4LCanitg59wDuWgl&show_text=true&width=500" width="500" height="635" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments