ANFA सातौं जितको खोजीमा थ्रीस्टार, पुलिसलाई खुमलटारको चुनौति
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार पनि दुई खेलहरु हुँदै छन् । २ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा कुनै समय पुछारमा रहेका दुई टोली नेपाल पुलिस क्लब र एफसी खुमलटार आमने सामने हुँदै छन् ।

हाल २० खेलबाट २५ अंकका साथ १०औं स्थानमा रहेको पुलिस लिगतालिकामा थप स्थान सुधारको प्रयासमा हुनेछ । उता २१ अंकका साथ पुछारमा रहेको खुमलटारले पनि आज जित हात पार्न सके रेलिगेशनको दबाब कम हुनेछ र लिगस्थान पनि सुधार हुनेछ । त्यसैले पनि दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।

उता कुनै समय शिर्ष तीनमा रहेको थ्रीस्टार क्लबले आज साँझ ६ बजेदेखि दशरथ रंगशाला मै शुरु हुने अर्को खेलमा हिमालयन शेर्पा क्लबसँग भिड्दैछ । २० खेलबाट २६ अंक जोडेको थ्रीस्टार अहिले छैठौं स्थानमा छ । उता शेर्पा भने समान २६ अंक भए तापनि आठौं स्थानमा छ । र यी दुवै टोलीले आज जित हात पार्न सके शिर्ष पाँचमा उक्लिने अवसर पनि छ ।

Post Comments