ANFA स्थानीय प्रतियोगितालाई पुजनको सहयोग
गोलनेपाल

धुलाबारी । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटीले आफ्नो गृहजिल्ला झापामा हुने स्थानीय फुटबल प्रतियोगितालाई प्रोत्साहन स्वरुप सहयोग गरेका छन् ।

झापाको धुलाबारीमा यही जेठ २० देखि २७ गतेसम्म हुन गईरहेको स्व. प्रविन ग्वाल स्मृति फुटबल प्रतियोगितालाई पुजनले पहिलो र दोस्रो ट्रफी सहयोग गरेका हुन् । स्थानीय फुटबललाई प्रवद्र्धन र प्रोत्साहन र्न आफूले सानो भए पनि सहयोग गरेको पुजनले बताए ।

स्मरण रहोस, लायन फुटबल क्लब, धुलाबारी, झापाको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् । ईष्ट होराइजन माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments