ANFA
बिरगंज युनाइटेडलाई उपाधि

बन्दीपुर । दोस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिरगंज युनाइटेड, पर्साले जितेको छ । फाइनलमा बिरगंजले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बनेको हो ।
बन्दीपुर प्राङ्गणको खेलमैदानमा भएको फाइनल भिडन्तमा बागमतीले गरेको आत्मघाती गोल नै बिरगंजलाई बिजेता बनाउन निर्णायक गोल बन्यो । विजेता बनेको बिरगंजले उपाधिसहित नगद २,५१,५५५ रुपैयाँ हात पार्दा उपविजेता बागमतीले १,५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखा, सिरहाको आयोजना तथा बन्दीपुर युथ क्लब, कर्जन्हा, सिरहाको सह–आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त