ANFA मुनाल गोलबजार मेयर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । सातौ गोलबजार मेयर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आज भएको खेलमा मुनाल फुटबल क्लब बिजयी भएको छ । मुनालले बिरगंज युनाइटेडलाई ४:० ले हराउदै सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफमा दुबै टोलि बराबरी खेलेका थिए दोस्रो हाफमा भने बिराटनगरले ४ गोल गरेको थियोे ।

खेलको पेहिलो हाफमा बिजु भुजेलले दिलमणी चौधरी अगाडि बडेको मौका छोपी गरेको प्रहार पोलमा लागेर फर्केको थियोे । दोस्रो हाफको सुरुवाती समयमा कप्तान कोमल खवासले फ्री किकमा गोल गरेर बिराटनगरलाई अगता बनाएका थिए ।

तेसपछी सुशील राई र भुवन बस्नेतले वान टु पास गरेर अगाडि बडाएको बलमा भुवन बस्नेतको क्रसमा सुशील राइले गोल गरेर २:० को अगता बनाएको थियोे तेसलगतै मुनालले फ्री किक प्रात गर्यो दिलमनीले ४ मेन वाल सेटअप गरेका थिए तर विशाल बस्नेत ले कुनै गल्ती नगरी फ्री किकमा गोल गरेर ३:० को अगता बनाए ।

खेलको अन्त्यमा असिम राइले प्रहार गरेको पहिलो प्रहार दिलमनी चौधरी रोकेतापनी रिबाउड्स सटमा गोल गरेर मुनाललाई ४ :० अगता बनाएका थिए तेसपछी कुनै गोल नभएर पछि मुनाल फुटबल क्लब बिराटनगर ४:० ले बिजयी हुँदै सेमिफाइनल प्रवेश गर्यो । खेलको म्यान अफ म्याच कप्तान जर्सी नम्बर ६ का कोमल खवास भएका थिए

Post Comments