ANFA सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कपमा दिव्यज्योतिको विजयी सुरुवात
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप फुटबलमा दिव्यज्योति क्ल्ब भरतपुर २६ ले विजयी सुरुवात गरेको छ । आज (शनिबार) सम्पन्न उद्घाटन खेलमा दिव्यज्योतिले हेटौंडा फुटबल एकेडेमी मकवानपुरलाई २-० ले हरायो ।

वडा कार्यालय भरतपुर १८ को मैदानमा भएको खेलमा दिव्यज्योतिलाई जिताउन दुबै गोल समिर श्रेष्ठले गरे । उनले दोस्रो हाफको १७ र १८ औं मिनेटमा गोल गरे । त्यसअघि पहिलो हाफमा हेटौंडाले वान भर्सेज वानमा पाएको दुई अवसर खेर फाल्यो । दिव्यज्योतिका समिर म्यान अफ दि म्याच भए ।

दिव्यज्योतिले अब क्वाटरफाइनलमा २८ बिघाको सामना गर्नेछ । २८ बिघा बाइ पाउँँदै सिधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा आइतबार पनि एक खेल हुनेछ । आइतबार आयोजक भरतपुर १८ र श्री नयाँ सबुज गण भरतपुर भिड्नेछन् ।

बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरु गोलनेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments