News
साबित्राको टोली गुइनग्याम्प र पिएसजीको रोमाञ्चक बराबरी
काठमाडौं । फ्रान्सको शिर्ष महिला फुटबल लिगमा व्यवसायीक फुटबल खेलिरहेकी नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्पले बलियो पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ ।
गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पिएसजीसँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा साबित्रा भने ६८औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेकी थिईन् ।
यो बराबरी नतिजापछि २० खेलबाट १६ अंकका साथ गुइनग्याम्प लिगतालिकाको १०औं स्थानमा कायम छ । उता पिएसजी भने ४९ अंकका साथ दोस्रो स्थानमा छ । गुइनग्याम्पले आफ्नो आगामी खेल २४ अप्रिलका दिन लिगलिडर लियोनसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने